निर्वाचन आयोगद्धारा प्रतिनिधिसभको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्वाचन आयोगद्धारा प्रतिनिधिसभको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

nirwachan ayog

काठमाडौँ । निर्वाचन आयोगले भने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरे अनुसार आयोगले कार्यतालिका सार्वजनिक गरेको हो कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।

सोही दिन दल दर्ताको लागि सूचना प्रकाशन गरिने,भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता असोज २० देखि २१ गतेसम्म तय गरिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने छ । त्यस्तै, दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गतेदेखि कार्तिक १ गतेसम्म, उम्मेदवारी दर्ता , कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने मंसिर ३ गते मतदान हुने आयोगले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);