दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक

१७ जेठ काठमाडौं । आगामी असार १४ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक

१७ जेठ काठमाडौं । आगामी असार १४ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । बुधबार बसेको आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि तालिका सार्वजनिक गरेको छ । आयोगले असार २ गते उम्मेदवार मनोनयन गर्ने मिति तय गरेको छ ।

यस्तै असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जारी गरेको निर्वाचन तालिकामा उल्लेख छ ।प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोल्ने र निर्वाचन अधिकृतको कार्यालय खोल्ने काम भने निर्वाचन कार्यतालिकामा राखेको छैन ।यसअघि नै आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेकाले कार्यसूचीमा नराखेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);