सवै दललाई समेटेर कांग्रेसको नेतृत्वमा सरकार गठनः माओवादी केन्द्र | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सवै दललाई समेटेर कांग्रेसको नेतृत्वमा सरकार गठनः माओवादी केन्द्र

१७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस नेतृत्वमा सबै दललाई समेटेर सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

सवै दललाई समेटेर कांग्रेसको नेतृत्वमा सरकार गठनः माओवादी केन्द्र

१७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस नेतृत्वमा सबै दललाई समेटेर सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

बुधबार विहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वमा सबै दललाई समेटेर सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।सरकार गठनका लागि विहिबारबाट बहुमतीय प्रक्रिया सुरु हुँदैछ । बहुमतीय प्रक्रिया भित्रै रहेर सबै दल समेटिने गरी सरकार गठन गर्ने निर्णय लिइएको सांसद रामनारायण बिडारीले जानकारी दिनुभयो ।

बैठकले कार्तिक÷मंसीर भित्र प्रदेश र संघ दुवै तहको निर्वाचन सम्पन्न गर्न जोड दिने निर्णय समेत गरेको छ । संघीयतामा आधारित बजेट ल्याएरसरकारले ऐतिहासिक उपलब्धि हासिल गरेको माओवादी केन्द्रको ठहर छ ।

माओवादी केन्द्रले स्थानीय तहलाई बलियो बनाउने गरी बजेटको व्यवस्था गरेको भन्दै अर्थमन्त्री कृष्णबहादुर महरालाई धन्यवाद समेत दिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);