काठमाडौं महानगरपालिकाका मेयर भन्छन, सवै मिलेर महानगर बनाऔं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं महानगरपालिकाका मेयर भन्छन, सवै मिलेर महानगर बनाऔं

१७, जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर भन्छन

१७, जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिकाका निर्वाचित प्रतिनिधिहरुलाई मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले सपथ गराउनु भएको हो । कार्यक्रममा मूख्य निर्वाचन अधिकृत अधिकारीले प्रमाणपत्र पत्र पनि वितरण गर्नु भएको थियो । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा धुलोधँुवा, खाल्डा खुल्डीर ट्राफिकजाम जस्ता विषयलाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।

उहाँले निर्वाचनमा हारजित हुनेहँुदा सवै पार्टीहरुलाई संगै लिएर जानसके मात्र जनमतको कदर हुने बताउँदै आफूले सहकार्यका लागि तयार रहेको जानकारी दिनु भयो । काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीले विकाशको पूवार्धाधारमा लगानी बढाएर काठमाडौँलाइ नमुना सहर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।उहाँले भुकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा र घरहरुको पुनर्निर्माणमा आफूले जोड दिने बताउनुभयो ।

समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १५९ जना स्थानीय प्रतिनिधिले सामूहिक सपथ ग्रहण गर्नुभएको थियो । महानगरपालिकाका मेयर र उपमेयरले बुधबार नै कार्यालय पुगी पदभार ग्रहण गर्नुभएको छ । मेयर विद्यासुन्दर शाक्यले शहर सफा गर्ने कार्य योजना सहितको फाइलमा पहिलो हस्ताक्षर गरी कार्य प्रारम्भ गर्नुभएको हो ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);