राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबारबाट सु्रु भएको छ ।आइतबार पनि बस्दै छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा शनिबार बसेको माओवादी पदाधिकारी बैठकले सरकार गठनका विषयमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । सबै विकल्प भन्नले के–कस्ता विकल्प हुन् माओवादीले खुलाएको छैन ।

तर, माओवादीले नखुुलाए पनि पाँच विकल्प हुन सक्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउँछन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले माओवादीको नयाँ सरकार गठनका विषयमा पाँच विकल्प हुन सक्ने उल्लेख गरेका छन् । पाँच विकल्पमा सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्ने, सरकारको नेतृत्वमा आफँै अघि बढ्ने, राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने,  कांग्रेस, एमालेबाहेक अरु जो कोहीलाई समर्थन गर्ने र प्रतिपक्षमा बस्ने रहेको प्रवक्ता श्रेष्ठ अनुमान लगाउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);