गठबन्धनको सरकार निर्माणमा महन्थले सहयोग नगरे माधवले गर्नुहुन्छ : दिलेन्द्र बडु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

गठबन्धनको सरकार निर्माणमा महन्थले सहयोग नगरे माधवले गर्नुहुन्छ : दिलेन्द्र बडु

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले कांग्रेस माओवादीका गठबन्धन सरकार निर्माणका लागि एमालेको माधव गुटले सहयोग गर्ने बताएका छन् ।

बडुले जसपाको महन्थ ठाकुर समूहले सहयोग नगरे नयाँ सरकार गठनमा माधव गुटले सहयोग गर्ने उनले बताए । उनले भने, जसपाको एक समूहले सहयोग नगरे सरकार गठनमा बहुमत पुग्दैन । ‘जसपाले सहयोग नगरेपनि माधवजीबाट आशा गरेका छौं ’ ।

माधव गुटसँग यस विषयमा तपाईँहरुको छलफल भएको छ त ? भनेर सोधिएको प्रश्नमा बडुले भने –‘छलफल नहुुने त कुरै भएन नी, सहयोग गर्ने विषयमा कुरा भईरहेको छ, तर, कस्तो खालको सहयोग गर्नुहुन्छ भन्ने हो, त्यसको लागि हामी जसपाको आधिकारिक निर्णय कुरीरहेका छौं ।

यस विषयमा महन्थ ठाकुरसँग पनि छलफल गरिहेको बताउँदै उनले राष्ट्रपतिले दिएको समय सिमाभित्र नै सरकार गठन गरिसक्नुपर्नेमा जोड दिएका छन्। ‘हाम्रो पहिलो प्राथमिकता माओवादी र जसपा हो, माधवजीले पनि छलफल गर्ने चासो देखाउनुु भएको छ, अनौपचारिक रुपमा छलफल भईसकेको छ, त्यसकारण सरकार गठनको लागि अनेक विकल्प देखिएका छन्’–नेता बडुले भने ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको तयारी थालिएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दललाई बहुमत पुर्याएर सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भईसकेको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);