कोशी सरकारबाट बाहिरिदै माओवादी, आफ्नै नेतृत्वमा सरकार गठनमा पहल गर्ला त ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोशी सरकारबाट बाहिरिदै माओवादी, आफ्नै नेतृत्वमा सरकार गठनमा पहल गर्ला त !

काठमाडौं २३ जेठ । कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिदैंछ । माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । माओवादीले सरकारबाट बाहिएर समर्थन पनि फिर्ता लिने भएको छ । सरकार छाड्ने र समर्थन पनि फिर्ता लिनेबारे अन्तिम निर्णय गर्न संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बस्दैछ ।

सोमबार बसेको बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । कोशी प्रदेशमा पार्टीको समर्थन फिर्ता लिन केन्द्रबाटै निर्देशन आएको स्रोतले जनाएको छ । त्यसलाई आज संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ । नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।

माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् र फेरी विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसकेको कार्की नेतृत्वको सरकार अल्पमतमा पर्छ र सरकार ढल्छ ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिर छन् । ती दलहरुले माओवादीलाई पनि बाहिरिन र केन्द्रको सत्ता गठबन्धन अनुसार अघि बढ्न दबाव दिँदै आएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);