‘संसदमा प्रश्न सोध्ने सांसदहरुलाई अशोभनिय भन्न मिल्दैन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘संसदमा प्रश्न सोध्ने सांसदहरुलाई अशोभनिय भन्न मिल्दैन’

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकपछि कुराकानी गर्दै सांसद बर्तौताले प्रधानमन्त्रीलाई आफूहरुले संसदीय अधिकारभित्र रहेर नै प्रश्न गरेको बताउनुभएको हो ।

उहाँले नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्रीले अदालतले गरेको फैसलाभन्दा बाहिर गएर अभिव्यक्ति दिएपछि आफुहरुले संविधानसम्मत् गर्न आग्रह गरेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई संसदीय मुल्य र मान्यताभित्रै रहेर प्रश्न गरिएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘नागरिकता प्रमाणिकरण असंवैधानिक भएको विषय, संविधानको धारा प्रतिकुल विषय उहाँले जबरजस्ती अदालतले गरेको फैसलाभन्दा बाहिर गएर जब उहाँले पूर्वराष्ट्रपतिलाई समेत लाञ्छना लगाउँदै जब विषयवस्तु राख्न खोज्नुभयो त्यसकारण संविधान बमोजिम मिलेन प्रधानमन्त्रीज्यु । संविधानसम्मत हामीले गर्नुप¥यो भन्ने आग्रह गर्ने अधिकार संविधान निर्माण गर्ने, संविधान संशोधन गर्ने, कानून निर्माण गर्ने थलोका सदस्यहरुले यति भन्न पाउने संसदीय अधिकार हो । संसदीय मूल्य, मान्यता भित्रको कुरा हो । प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा प्रश्न गर्ने प्रतिपक्ष दलको नेतालाई अधिकार रहन्छ । उहाँले सरकारलाई हिजो हामीले अवरोध गरेको पृष्ठभुमिबाट जोडिएर आजको सदनमा हामीले हाम्रो कुरा राख्ने कुरा यसलाई गैर संसदीय, संसदको मुल्य, मान्यताभन्दा बाहिरको कुरा हो भनेर भन्न खोजिएको हो भने यो संसद कतातर्फ लान उहाँहरुले खोज्दै हुनुहुन्छ ?’

सांसद बर्तौलाले संसदीय प्रक्रियामा प्रतिपक्षलाई बढीभन्दा बढी सहभागि हुन दिनुपर्नेमा सत्तापक्षले प्रतिपक्ष सांसद बोलेकोमा रोष प्रकट गर्ने गरेको बताउनु भयो । उनले सोमबार संसदमा प्रश्न सोध्ने सांसदहरुलाई अशोभनिय भनेर भन्न नमिल्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);