सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने नेता पौडेलको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने नेता पौडेलको विश्वास

काठमाडौं, २१ पुष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्र्तक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले सार्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कुनै कानूनी तथा संम्बैधानिक आधार बिना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै व्याख्या गरेर प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने विश्वस रहेको बताउनुभयो । 

बरिष्ठ नेता पौडेलले कुनै नेताको महत्वांकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधि सभा माथि रिस पोख्ने तथा प्रतिनिधि सभालाई खेलौना बनाउने प्रवृतिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको पनि बताउनुभयो । संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफुहरु अदालतमा गएर बहस गर्नुपर्छ भनेपनि तयार रहेको बताउनुभयो ।

उहाँले प्रतिनिधि सभा विघटनको कदमका विरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको पनि बताउनुभयो । देशभरका वडा, पालिका तथा प्रदेश स्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानी केन्द्रीत भएर पनि आउनसक्ने बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);