विपक्षी गठबन्धनलाई थप तिव्रता दिने कांग्रेसको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विपक्षी गठबन्धनलाई थप तिव्रता दिने कांग्रेसको निष्कर्ष


काठमाडौँ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप तिव्रता दिने निर्णय गरेको छ ।शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई थप तिव्रता दिने निर्णय गरेको हो ।

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले समूह , जनता जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाउनको लागि कांग्रेसलाई प्रतिबद्धता दिएका थिए । तर पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसभित्रैबाट केही नेताहरुले बहसको विषय समेत बनाएक थिए ।

२० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको र अहिले बनेको विपक्षी गठबन्धन कांग्रेसकै नेतृत्वमा सरकार बनाउन केन्द्रित भएको आजको बैठकले पारित गरेको छ ।


त्यस्तै कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले १४ औँ महाधिवेशनको संशोधित कार्यतालिका समेत अनुमोदन गरेको छ । आगामी साउ १२ गते देखि सुरु हुन लागेको वडा स्तरीय अधिवेशनबाट भदौ १६ देखि १९ गतेसम्म केन्द्रिय महाधिवेशन गरिसक्नुपर्नेमा कांग्रेसको एकमत धारणा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);