विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा सरकारले विशेष ध्यान पु-याउनु पर्छ : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा सरकारले विशेष ध्यान पु-याउनु पर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो र डुबानका बारेमा सम्बन्धित निकायबाट जानकारी लिएकी छिन् ।

विपद् प्रतिकार्यबारे गृह मन्त्रालय‚ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिँदै राष्ट्रपति भण्डारीले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु-याउनु पर्ने बताएकी छिन् ।

विकासका लागि भौतिक संरचना निर्माण गर्दा भूकम्प, बाढी, पहिरो, चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमलाई ध्यान दिनुपर्नेमा उनले जोड दिएकी छिन् ।

यस सन्दर्भमा गृह मन्त्रालयलाई सम्बन्धित अन्य मन्त्रालय र निकायसँग समन्वय गरी कार्य गर्ने सुझाव दिदै राष्ट्रपति भण्डारीले विपद्को समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाइमा परेकाका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको उल्लेख गरेकी छिन् ।

Leave a Reply