अनेरास्ववियूद्वारा सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

अनेरास्ववियूद्वारा सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण

काठमाडाैँ । नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ मै पुगेर राहत वितरण गरेको हो । सो क्रममा खाद्य, स्वास्थ्य सामाग्री तथा लत्ताकपडा वितरण गरिएको हो ।

राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले अझैसम्म पनि राहत नआएकामा पहिलो राहत अनेरास्ववियुले ल्याएको बताए । शुक्रबार बिहान एमाले वरिष्ठ नेता माधव नेपालले राहत सामाग्री संयोजक पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

राहत वितरण टोली अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा, सचिवहरु महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईँ, मिलन राई र नरेश न्यौपाने तथा कोषाध्यक्ष दिपेश प्रसाईं लगायत सहभागी थिए । विपत्तिको बेलामा पीडितलाई केही भएपनि सहयोग मिलेको छ ।

बाढीले घरबारविहीन भएपनि राहत पाउँदा पीडा केही कम भएको स्थानीयवासीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);