विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदैं

badhipahiro

काठमाडौं, २७ असोज । आज अक्टोबर १३ तारिख अर्थात विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जोखिम न्यूनीकरणमैत्री सुशासन सुरक्षित भविष्यका लागि हाम्रो अभियान नाराका साथ नेपालमा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन तथा सम्बोधन गर्नुहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो ।

नेपालमा पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ । विपद्ले मानविय क्षतिसँगै विपद्पछिको राहत, उद्दार, पुनःस्थापना र पुनर्निर्माणका काम खर्चिलो हुँदै आएको छ ।

प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सतर्कता अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);