बबई गाउँपालिकाका अध्यक्ष सहित ५ जनामा कोरोना पुष्टि, ५ दिन सम्म कार्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बबई गाउँपालिकाका अध्यक्ष सहित ५ जनामा कोरोना पुष्टि, ५ दिन सम्म कार्यालय बन्द

दाङ, २७ असोज । दाङको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित ५ जना जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज २३ गते गाउँपालिकाका केही जनप्रतिनिधी तथा कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागी पठाएकोमा सोमवार कोरोना पुष्टि भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनलाल दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी अध्यक्ष सहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि मंगलवारदेखी ५ दिन सम्मको लागी गाउँपालिका कार्यालय, ७ वटै वडा कार्यालय, गाउँपालिकाका सबै स्वास्थ्य चौकी तथा मातहतका सबै कार्यालयबाट हुने सेवा बन्द भएको समेत एक सुचना जारी गरी उहाँले जानकारी दिनुभएको छ । त्यस्तै यातायात व्यवस्था कार्यालय दाङ पनि शुक्रबार सम्मको लागि बन्द भएको छ ।

कार्यालयको लेखा शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि शुक्रबारसम्म कार्यालय बन्द गरिएको कार्यालयका सूचना अधिकारी सरोज भण्डारीले जानकारी दिनुभयो । कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको कन्ट्याक्ट टे«सिङ गरी पीसीआर परीक्षण गर्ने र कार्यालयलाई सेनिटाइजर गर्नको लागि कार्यालयबाट दिइने सम्पुर्ण सेवा बन्द रहने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);