दाङमा कोरोना बढ्दै, कार्यालय बन्द हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

दाङमा कोरोना बढ्दै, कार्यालय बन्द हुँदै

दाङ, २९ असोज । दाङमा पछिल्लो समय कोरोना संकमणको दर तीव्र रुपमा समुदायस्तरमै फैलिरहेको छ । सरकारी कार्यालयमा बढी भिडभाड हुने भएकोले कार्यालयका कर्मचारीमा पनि दिनप्रति दिन कोरोना संक्रमण पुष्टि हुने गरेको छ । तुलसीपुरमा रहेको नापी कार्यालयका एक जना सर्वेक्षक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय एक हप्ता बन्द गरिएको छ ।

बुधबारदेखि कात्तिक ४ गते सम्मका लागि उक्त कार्यालय बन्द गरिएको कार्यालयका प्रमुख शरद आचार्यले बताउनुभयो । त्यस्तै जिल्ला समन्वय समिति दाङका एक कर्मचारीमा कोरोना देखिएको छ । कर्मचारीमा कोरोना देखिएपछि अतिआबश्यक बाहेकका सेवाहरु समेत बन्द गरिएको जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले जानकारी दिनुभयो ।

जिल्लाका सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गर्ने गरिएको छ । जिल्लाका दर्जन सरकारी कार्यालयहरु अहिले कोरोनाकै कारण बन्द भएका छन् । त्यस्तै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था एक हप्ताका लागि बन्द भएको छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबार देखि कार्तिक ४ गते सम्मका लागि बन्द गरिएको विज्ञप्ती जारी गरेको छ । साथै कार्यालयले नियमित पानी संचालन बाहेक अन्य कामकाज बन्द गरी सात दिनका लागि कार्यालय शिल गरिएको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);