कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय ५ दिन बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय ५ दिन बन्द

दाङ, २५ असाेज । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिन सम्म कार्यालय बन्द गरिएको छ । कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरी पठाइएकाले असोजको २५ गतेदेखि ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत अम्मरराज आचार्यले आइतवार सूचना प्रकाशित गरि असोजको ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराएका छन् । बन्दको समयमा अत्यावश्यक शान्ति सुरक्षा र मुद्धा बाहेक अन्य सेवाहरु बन्द रहने जनाइएको छ ।

यसअघि पनि जिल्ला प्रशासन कार्यालया कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);