जनप्रतिनिधी र कर्मचारीमा कोरोना देखीएपछि मध्यनेपाल नगरपालिकाको सेवा प्रवाह बन्द | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०७९, शुक्रबार

जनप्रतिनिधी र कर्मचारीमा कोरोना देखीएपछि मध्यनेपाल नगरपालिकाको सेवा प्रवाह बन्द

लमजुङ । जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसीङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्मका लागि नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरेको हो ।

कार्यलयबाट सामान्य सेवा प्रवाह बन्द गरिएपनि अत्यावश्यक सेवा प्रवाह भने बन्द नहुने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नगरपालिकाले विहिबार देखि आगामी १२ गते सम्मका लागि नगरपालिका र मातहतका सवै वडा कार्यालयबाट उपलब्ध सेवा प्रवाह बन्द गराएको हो । मध्येनपाल नगरपालिकामा नगरप्रमुख सहित केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरप्रमूख रमेशकुमार पाण्डेले केहिदिन अघि मात्रै सामाजिक सञ्जाल मार्फत आँफुलाई कोरोना संक्रमण भएको भन्दै आफ्नो सम्पर्कमा रहेका व्यक्तीहरुलाई सतर्क रहन आग्रह गरेका थिए ।

पछिल्लो तिन दिनमा मात्रै पालिका भित्र २५ जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमूख सुर्यप्रसाद पौडेलले जानकारी दिए ।  यसैविच मध्यनेपाल नगरपालिकाले कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिएको छ । 

Leave a Reply