गाउँपालिकाका अध्यक्षसहित ९ जनामा कोरोना पुष्टि भएसँगै १ हप्ताका लागि पालिका र वडा कार्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गाउँपालिकाका अध्यक्षसहित ९ जनामा कोरोना पुष्टि भएसँगै १ हप्ताका लागि पालिका र वडा कार्यालय बन्द

बिष्णु खनाल
अर्घाखाँची, २४ पुष ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका एक हप्ताका लागि सम्पुर्ण सेवाहरु बन्द भएको छ । पालिका अध्यक्ष लेखनाथ पोखरेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द भएको हो ।

पालिका अध्यक्ष पोखरेलसहित ९ जनालाई संक्रमण पुष्टि भएपछि बिहीबारदेखि पालिकाका कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालद्धारा जारी गरिएको विज्ञप्तीमा जनाईएको छ ।


पालिका कार्यालय तथा वडा कार्यालयबाट सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै कोरोना रोकथामको लागि अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको प्रशासकिय अधिकृत अर्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि भएपछि पालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीको कोरोना टेष्ट गरिएको थियो । कोरोना टेष्ट गर्दा जनप्रतिनिधिसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि पालिका अध्यक्ष पोखरेललाई कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डौको वि.पि.स्मृति अस्पतालमा उपचार भईरहेको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको बताईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);