नागरिकता बनाउन झुटो विवरण पेस गरेको आरोपमा महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

नागरिकता बनाउन झुटो विवरण पेस गरेको आरोपमा महिला पक्राउ

pakrau

सुनसरी,२३ पुष। झुटो विवरण पेस गरी धरानबाट नागरिकता लिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । स्याङ्जाको वालिङ–३ स्थायी घर भएकी मञ्जु क्षेत्रीले धरान–९ को स्थायी बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले २०७५ माघ ८ गते इलाका प्रशासन कार्यालय धरानबाट मञ्जु सेजुवालको नामबाट २० वर्ष उमेरको नागरिकता लिएको खुलेको छ । मञ्जुले २०५५ सालको जन्मदर्ता गरेर दुई बर्षअघि नागरिकता लिएकी थिइन् । उनले अर्खाखाचीको दिभर्ना १ का गोपाल सेजुवालाई नक्कली बाबु बनाई नागरिकता लिएको धरान प्रहरीले जनाएको छ । नक्कली बाबु बनेका सेजुवाल हाल जापानमा रहेको खुलेको छ ।

मञ्जुलाई जापान लानको लागि सेजुवाल २०७५ सालमा नेपाल आएर झुटो विवरण पेश गरी नागरिकता दिलाएर जापान फर्किसकेका छन् । झुटो विवरण सिफारिस गरेर नागरिकता दिलाउन सहयोग गर्ने धरान–९ का वडा अध्यक्ष रत्न कटुवाल फरार रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

वडाध्यक्ष कट्वाल विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरिएको छ । अनुसन्धानबाट महिलाले धरानबाट नागरिकता लिएको खुलेपछि स्याङ्जा प्रहरीले पक्राउ परेकी महिलासहित यो मुद्धा धरान पठाएको हो ।

Leave a Reply

ताजा समाचार

test123123

७ घन्टा अघि

test123123

७ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१२ घन्टा अघि