विपद् जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने गृहमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विपद् जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने गृहमन्त्रीको घोषणा

rambahadur thapa

काठमाडौं, २३ जेठ । सरकारले विपद् जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित विपद जोखिम न्यूनिकरणसम्बन्धि कार्यक्रममा गृहमन्त्री थापाले विपद् जोखिम न्यूनिकरणका लागि कार्यकारी अधिकारसहितको विपद जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गरेका छन् ।  उनले प्राधिकरण छिट्टै गठन हुने र त्यसले विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

नेपालमा हरेक वर्ष बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिका कारण औसत ९ सय जना मानिसको मृत्यु हुनेगरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । गृहमन्त्री थापाले विपद् जोखिम न्यूनिकरणका लागि ऐन, कानुनमा सुधार गर्दै लैजाने प्रतिवद्धतासमेत व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);