सरकारद्वारा भूकम्प विपद् जोखिम न्यूनिकरण कार्ययोजना बनाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारद्वारा भूकम्प विपद् जोखिम न्यूनिकरण कार्ययोजना बनाउन सुरु

काठमाडौं, २ फागुन । सरकारले काठमाडौं उपत्यका भूकम्प विपद् जोखिम न्यूनिकरण कार्ययोजना बनाउन सुरु गरेको छ । आज काठमाडौंमा काठमाडौं उपत्यका भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सहरी विकास मन्त्रालयका सहसचिव द्धारिका श्रेष्ठले जोखिम न्यूनिकरण कार्ययोजना बनाउन सुरु गरिएको जानकारी दिए ।

उनले भूकम्पीय जोखिम न्यूनिकरणका लागि स्थानीय, प्रदेश र केन्दी्रय सबै तहमा लागू हुनेगरी कार्ययोजना बनाउन लागिएको जानकारी दिए । जापानी नियोग जाईकाको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले काठमाडौं उपत्यकामा अझै भूकम्पीय जोखिम रहेको निष्कर्ष निकाल्दै न्यूनिकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको थियो ।

परियोजनाको सुझावको आधारमा सरकारले भूकम्पीय जोखिम न्यूनिकरणका लागि आवश्यक ऐनको निर्माण गरिसकेको सहसचिव श्रेष्ठले जानकारी दिए ।
सरकारले काठमाडौं उपत्यकाको भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन निर्माण आचारसंहिताको पूर्ण पालना गर्न पनि सम्बन्धित सबैलाई सचेत गराउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);