जोखिम न्यूनिकरण हुने गरी भौतिक संरचना निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

जोखिम न्यूनिकरण हुने गरी भौतिक संरचना निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

deuba

काठमाडौं, २ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पलगायतका जोखिम न्यूनिकरण हुने गरी भौतिक संरचना निर्माण गर्न सम्वद्ध सबै पक्षलाई कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले कमजोर भौतिक संरचना निर्माणकै कारण विगतमा पनि भूकम्पबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर अघि बढन सबै स्थानीय तहलाई समेत सचेत गराएका छन् ।

२० औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले भूकम्प लगायतका विपदबाट बच्न विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ कार्यान्वयनमा ल्याएको उनले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प लगायतका जोखिम न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको बताए । प्राधिकरणले अव राष्ट्रिय सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिने योजना पनि बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);