मनाङका प्रदेश सांसद दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

मनाङका प्रदेश सांसद दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय

dipak-manange

मनाङेको सांसद पद स्वतः निलम्बनमा –

काठमाडौं, २ माघ । मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङे भनिने राजीव गुरुङलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

ज्यान मार्ने उद्योगको अभियोग प्रमाणित भएसँगै मनाङेको सांसद पद स्वतः निलम्बनमा परेको छ । उनीविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो । पुनरावदेनले पाँच वर्षअघि गरेको जेल सजायको फैसलाविरुद्ध मनाङे सर्वोच्चमा गएका थिएनन् ।

हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका कारण मनाङे अब काराबास बस्नुपर्नेछ । सर्वोच्चको आजको फैसलासँगै मनाङेलाई पक्राउ गर्न बाटो पनि खुलेको छ । २०६१ सालमा चक्रे मिलनलगायतको समूहलाई दीपक मनाङेको समूहले खुकुरी प्रहार गरेको थियो ।

सोही घटनाको उजुरी दर्तापछि प्रहरीले मनाङे समूहलाई कर्तव्य ज्यानको मुद्दा दर्ता गरेको थियो । मनाङेसहित रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामा जोडिएको उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत गएको थियो । अदालतले यसलाई ज्यानमुद्दा भन्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);