दिपक मनाङेको विषयमा बोल्यो सर्वोच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

दिपक मनाङेको विषयमा बोल्यो सर्वोच्च

deepak manange

काठमाडौं,४ माघ । सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ दिपक मनाङे को विषयमा कुनै फैसला नभएको बताएको छ ।सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए ।

सर्वोच्च अदालतका सञ्चाविज्ञ किशोर पौडेलले भने,मनाङेको विषय सर्वोच्चसँग जोडिएपनि मनाङेलाई नै अदालतले ५ बर्ष जेल सजायको फैसला सुनाएको छैन ।तत्कालिन पुनरावेदन अदालतले जेल सजाय सुनाएकाले त्यसैलाई नै स्वीकार्नुपर्छ ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);