रेशम चौधरीले किन बोलाए नेताहरुलाई कारागारमा ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

रेशम चौधरीले किन बोलाए नेताहरुलाई कारागारमा ?

काठमाडौं, ३ जेठ । ०७४ फागुन १४ गतेदेखि जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफ्ना पार्टीका नेताहरुलाई डिल्लीबजारको कारागारमा बोलाएका छन् ।

चौधरीको मुद्दामा मंगलबार सर्वोच्च अदालतले उच्च अदालत दिपायलले सुनाएको जन्मकैद फैसला नै सदर गरेको थियो ।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई आज बिहान १० बजे कारागार बोलाएको पार्टीको एक स्रोतले जनाएको छ ।

चौधरीसँगको छलफलपछि सर्वोच्चको फैसलाबारे पार्टीले धारणा बनाउने जनाइएको छ ।

उनीविरुद्ध २०७२ साल भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी हत्यामा संलग्न रहेको आरोप छ ।

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी रेशम चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ । उनी सामान्य अवस्थामा जेलमुक्त हुन अझै १४ वर्ष जेल सजाय काट्नुपर्ने हुन्छ । चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमै बस्नुपर्ने भएको छ ।

प्रतिवादीमध्येका लक्ष्मण थारु चौधरी हालसम्म पनि फरार छन् । फरार भएकै कारण अब उनले तीन वर्ष जेलमा बसेपछि जेलमुक्त हुन पाउने भएका छन् । यसअघि उनको हकमा कैलाली जिल्ला अदालतले तीन वर्षको जेल सजाय गरेको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);