गृह मन्त्रालयको सभाकक्षमा तत्काल आपतकालीन द्वार निर्माण गर्न गृहमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गृह मन्त्रालयको सभाकक्षमा तत्काल आपतकालीन द्वार निर्माण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा तत्काल आपतकालीन द्वार निर्माण गर्न निर्देशन दिनु भएको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा उहाँले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै उक्त निर्देशन दिनु भएको हो । गृहमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन निर्माणसम्बन्धि मापदण्ड पालना गराउने कार्यमा कडाई गर्न स्थानीय निकायहरुलाई आग्रह गर्नु भयो । भूकम्पीय जोखिम न्यूनकरणका लागि विद्यालय, कलेज, पाटी प्यालेस, सभाहलहरुको निर्माणमा ध्यान दिन आवश्यक रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो ।

बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भूकम्पीय जोखिम न्यूनिकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ललितपुर महानगरपालिकाले आचारसंहिताको पालनामा कडाई गरेका कारण २०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम धनजनको क्षति भएको जिकिर गर्नुभयो ।

मेयर महर्जनले नागरिकले विपद् हुनुअघि नै सूचना पाउनुपर्ने हक संविधानमै व्यवस्था भएकाले त्यसको पनि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);