एमालेबाट सभामुखमा गुरुङ र विश्वकर्माको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमालेबाट सभामुखमा गुरुङ र विश्वकर्माको दाबी

काठमाडौं । सभामुख नेकपा (एमाले)ले पाउने निश्चित भएपछि नेताहरुको दौडधुप बढ्न थालेको छ । पार्टीभित्रका दुुई शीर्ष नेताहरुले सभामुखमा दाबी गरिरहेका छन् ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले सभामुख हुन चाहेको खबर अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्याएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहित सात पार्टीको समर्थन पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ गठबन्धन निर्माण भएको छ । माओवादी र एमालेबीच ५ वर्षे सभामुखको पद आधा÷आधा कार्याकाल लिने सहमति भएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार माघ १० गतेभित्र सभामुख चयन गरिसक्नुपर्नेछ । २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । उनले मत लिएसँगै सभामुखको निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

एमाले नेता विश्वकर्मालाई ओली निकट नेताहरुले अगाडी सारेका हुन् । गुुरुङ गण्डकी प्रदेशका निवर्तमान मुुख्यमन्त्री हुन् । उनले कम्युनिष्ट एकताको पक्षमा योगदान दिएका छन् । गुरुङ सभामुुख भए नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र पनि सकरात्मक हुने उनका पक्षका नेताहरुले दाबी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);