सभामुखमा एमालेका यी नेताको दाबी, कसले बाजी मार्ला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सभामुखमा एमालेका यी नेताको दाबी, कसले बाजी मार्ला ?

काठमाडौं । प्रतिनिधिसभाको सभामुख सत्ता साझेदार दल नेकपा (एमाले)ले पाउने निश्चित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री र सभामुखको पाँच वर्षे कार्याकाल आलोपालो गर्ने सहमति भएको छ । सोही अनुसार पहिलो चरणमा माओवादीले प्रधानमन्त्री र एमालेले सभामुखको नेतृत्व गर्न पाउने भएका हुन् ।

प्रतिनिधि सभाको पहिलो बैठक सोमबार बसेको थियो । सभामुख नियुक्ति नभएकाले ज्येष्ठ सांसद पशुपति शमशर जबराले अधिवेशनको अध्यक्षता गरे । तर बैठक चलाउने सभामुख अहिलेसम्म को हुने एमालेले टुंगो लगाउन सकेको देखिदैन् ।

एमाले भित्र चार जना सभामुखका आकांक्षी देखिएका छन् । सभामुखमा एमालेका प्रत्यक्षबाट निर्वाचित भएका नेताहरु पृथ्वीसुब्बा गुरुङ, विद्या भट्टराई र छविलाल विश्वकर्मा र समानुपातिकतर्फबाट निर्वाचित भएका रघुजी पन्तले दाबी गरिरहेका छन् ।

अध्यक्ष ओलीले सभामुखमा नेता सुवास नेम्वाङलाई प्रस्ताव गरेको स्रोतले जनाएको छ । नेम्वाङले आफूु राष्ट्रपति बन्ने इच्छा राखेको बताइएको छ । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने छ भने सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संविधानमा व्यवस्था छ ।

त्यस्तै, गठबन्धनभित्र उपसभामुख कसले पाउने अहिलेसम्म टुंगो लागेको छैन् । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दाबी गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);