लुम्बिनीमा एमालेका लिला गिरी मुुख्यमन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुम्बिनीमा एमालेका लिला गिरी मुुख्यमन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का लिला गिरीले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज मुख्यमन्त्रीमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने छन् । उनलाई प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

शेरचनले पुस २७ गतेभित्र प्रदेश सरकारको नेतृत्वको लागि दाबी पेश गर्न आह्वान गरेका थिए । समय सीमाको एक दिन बाँकी हुँदै गिरीले सत्तागठबन्धनको समर्थनमा सरकारको नेतृत्वको दाबी प्रस्तुत गर्न लागेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपाका ३ र जनमत पार्टीका ३ सांसद छन् ।

केन्द्रीय सत्ता गठन्धनको सहमतिअनुसार लुम्बिनी प्रदेशमा एमालेले पुरै पाँच वर्ष नेतृत्व लिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);