विश्वासको मतबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

विश्वासको मतबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने बारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक अघि पार्टी सचिवालय बैठक बस्ने छ ।

गत पुस १० गते सात राजनीतिक दल र तीन सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यसुची छ ।

नेकपा एमालेसँग मिलेर दाहाल प्रधानमन्त्री बनेको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाउदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);