सुदुूरपश्चिममा कांग्रेस संसदीय दलले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुदुूरपश्चिममा कांग्रेस संसदीय दलले बोलायो बैठक

काठमाडौं, २१ फागुन । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बैठक बोलाएका हुन् । शाहले आज १ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिदैछन् । त्यसअघि नै बिहान १० बजे संसदीय दलको बैठक बोलाइएको स्रोतले जनाएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र शाहलाई विश्वासको मत दिने नदिने भन्नेमा विवाद उत्पन्न भइरहेको छ । माओवादी संसदीय दलका नेता खगराज भट्टले मत नदिने स्पष्ट पारेका छन् भने नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सम्झौता नगरे मत नदिने बताइरहेको छ ।

नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका शाह नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार शाहले आज विश्वासको मत लिन लागेका हुन् । सुदुरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);