वर्तमान व्यवस्था बचाउँन देशले चुनाव अघिकै गठबन्धन आवश्यक ठान्यो : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वर्तमान व्यवस्था बचाउँन देशले चुनाव अघिकै गठबन्धन आवश्यक ठान्यो : गगन थापा

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र व्यवस्थाको रक्षाका लागि नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएको बताउनुभयो । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा वागमती प्रदेशका सांसदहरूको भेटमा महामन्त्री थापाले यो संसद्मा पनि संसद् विघटनको ठिक थियो भन्ने हुँकार आउन थालेपछि एमाले–माओवादीसमेतको सात दलीय गठबन्धन बनेको बताउनुभयो ।

निर्वाचनका बेला बनाइएको पाँच दलीय गठबन्धनलाई पुनः जागरण गराउन सफल भएको भन्दै थापाले भन्नुभयो– ‘हामीले पुरानो गठबन्धन व्युँताएका छौं । पुस १० मा केही प्राविधिक समस्या नमिल्दा गठबन्धन टुटेपनि फेरी यो मुलुकको संविधान र वर्तमान व्यवस्था बचाउनका लागि चुनाव अघिकै गठबन्धन देशले आवश्यक ठान्यो र हामीले मुलुकमा स्थायित्व दिनका लागि आठ दलको गठबन्धन गरेका हौं । यो आठ दलीय गठबन्धमा अन्य दलहरूसमेत थपिँदै गरेकाले पाँच वर्ष ढुक्क भएर यही गठबन्धनबाट मुलुकले स्थायित्व र विकास पाउने विश्वासका साथ हामी अघि बढेका छौं ।’

आठ दलीय गठबन्धन सहमतिअनुसार नै अघि बढ्ने भन्दै उहाँले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा सबै दलहरू एक भएर कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेअनुसार नै कांग्रेसले उम्मेदवारी दिएको बताउनुभयो । थापाले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धन निर्माणमा भूमिका खेलेको उहाँको भनाइ छ ।

‘आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो’, थापाले भन्नुभयो–‘कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभास दिन प्रतिबद्ध रहेको रहेकाले पाँच वर्ष काम नगर्ने छुट यो गठबन्धनलाई छैन ।’ महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको दाबी गर्दै भन्नुभयो– ‘ गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान् व्यक्ति भएकोले उहाँ राष्ट्रपति पदमा निर्वाचित हुने विश्वास छ ।’ मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा महामन्त्री थापाले निर्वाचन आचारसंहितालगायत कुराले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् गठन हुने बताउनुभयो ।

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आठ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । नयाँ गठबन्धनले जनतामा सकारात्मक छाप परेको दाबी गर्दै उहाँले राष्ट्रपति पदका उम्मेदवार पौडेल लोकतान्त्रिक आन्दोलनको अगुवा हुनुका साथै निष्ठावान र योग्य नेता भएकाले पौडेललाई निर्वाचित गराउन सबै दल र माननीयहरू लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रजातन्त्र, लोकतन्त्रको रक्षाका लागि लडेका नेता पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गर्नु नै गठबन्धनको मर्म र भावना भएको बताउनुभयो । नेता पौडेललाई आठ दलले निर्णय नै गरेर समर्थन गरेको र आन्तरिक रूपमा उहाँलाई १० दलको समर्थन रहेको नेताहरूले दाबी गरेका छन् । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);