सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैं

काठमाडौं, २१ फागुन । गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले आज विश्वासको मत लिदैं छन् । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका शाह नियुक्त भएका थिए ।

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले विश्वासको मत नदिएपछि रावल पदमुक्त भएसँगै नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार शाहले आज विश्वासको मत लिन लागेका हुन् । सुदुरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने अवस्थामा शाहले दुई तिहाइ मत पाउन सक्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);