सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ ।

नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई माओवादी, एमालेसहित तीन दलको समर्थन थियो ।

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले विश्वासको मत नदिदा उहाँले विश्वासको मत पाउन असफल हुनुभएको हो ।

रावलले विश्वासको मत प्राप्त गर्न नसकेसँगै नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);