उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार बस्ने

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार बस्ने भएको छ ।

बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो । संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो । सो भेटवार्ता पछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार (भोलि) बिहान ९ बजे बैठक बस्ने जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिइसकेको छ । यद्यपी उसले सरकारको समर्थन भने कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरेपनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट बस्न लागेको संयन्त्रको बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);