उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौं, २७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको हो ।
बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, ओली,  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र संयन्त्रका संयोजक ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिइसकेको छ । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट बस्न लागेको संयन्त्रको बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);