विवेकशील साझाको महाधिवेशनमा विश्वप्रकाशसहित रविले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

विवेकशील साझाको महाधिवेशनमा विश्वप्रकाशसहित रविले सम्बोधन गर्ने

काठमाडौं, २७ माघ । आजबाट विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, उद्घाटन कार्यक्रमलाई एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल र विवेकशील साझाका पूर्व नेता गोविन्द नारायण लगायतले सम्बोधन गर्नेछन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टीको महाधिवेशन २ दिनसम्म चल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);