विवेकशील साझामा अध्यक्ष र संयोजक छुट्टाछुट्टै बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विवेकशील साझामा अध्यक्ष र संयोजक छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । विवेकशील साझा पार्टीको दुई पक्षले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बिहीबार साढे १२ बजे बस्ने गरी बैठक बोलाएका छन् भने भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् ।
दुबै पक्षले बैठक भर्जुअल माध्यमबाट नै बस्न लागेका छन् ।

अध्यक्ष मिश्र पक्षले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासको विषयमा छलफल गर्ने बताएका छन् । त्यसैगरी संयोजक पाण्डे पक्षले भने बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्ने तयारी गरेको बताइएको छ ।

पछिल्लो समयमा विवेकशील साझा पार्टी पनि आन्तरिक विवादमा होमिँदै गएको छ । विशेषगरी अध्यक्ष मिश्रले गएको साउन ११ गते संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नु पर्ने कुरा समावेश गर्दै राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

संयोजक पाण्डेले सो दस्तावेज पार्टीका नभई मिश्रको व्यक्तिगत मात्र भएको बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);