फुट्यो विवेकशील साझा, विवेकशील नेपाली दल नयाँ पार्टी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

फुट्यो विवेकशील साझा, विवेकशील नेपाली दल नयाँ पार्टी

bibeeksheel sajha party futyo

काठमाडौं, २८ पुस । विवेकशील साझा पार्टीका एक संयोजक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना रहेको पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

विवेकशील नेपाली र साझा पार्टी ११ साउन २०७४ मा एकीकरण भई संगठन विस्तार नै नगरी विभाजन भएको छ । नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको विवेकशील साझा पार्टीमा कार्यशैलीका कारण देखाई पूर्वविवेकशील पक्षका १६ केन्द्रीय सदस्यले आफ्नो पुरानै बाटो तय गरेका छन् । प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

पार्टी संयोजकमध्येका एक रवीन्द्र मिश्रले मनोमानी ढंगले पार्टी सञ्चालन गरेकाले विभाजन भएको संयुक्त पार्टीमा प्रवक्ता रहेका रमेश पौड्यालले जानकारी गराए । ‘रवीन्द्रजीले एकलौटी तरिकाले पार्टी सञ्चालन गर्नुभयो,’ प्रदेश ३ का प्रदेशसभा सदस्यसमेत रहेका उनले भने, ‘केन्द्रीय समितिको बैठक बोलाउँदा अर्का संयोजकको सल्लाह पनि लिनुभएन ।’ शुक्रबार विवेकशील साझाका बहुमत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा पुरानै विवेकशील नेपाली दल पुनःगठन गरेका हुन् ।

पुनःगठित दलमा एक संयोजक उज्वल थापासहित केन्द्रीय सदस्यहरु रन्जु दर्शना (न्यौपाने), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जुनसिंह ठकुरी छन् ।

आन्तरिक एकता धोद्रो हुँदै गएको पार्टीमा किचलो भने गत साउनदेखि नै सुरु भएको थियो । साउनमा प्रदेश ३ का संयोजक चयन गर्ने क्रममा पार्टीभित्र तनाव उत्पन्न भएको थियो ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);