विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

काठमाडौं । कोभिड-१९का कारण विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित भएको छ । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको हो।

परिस्थिति सहज बनेपछि अनुकूलता अनुसार केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने विवेकशील साझाले जनाएको हो । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको गरिएको भएपनि कोभिडका कारण हुन नसकेको हो ।

विवेकशील साझा पार्टीले कोरोना कहरले सिर्जना गरेको परिस्थितिसँग जुध्न सरकारलाई सक्दो सहयोग समेत गर्ने जनाएको छ ।

प्रेस विज्ञप्ति

आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

तर मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले हिजो वैशाख २५ गते शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो।

परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको छ। उक्त बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ।

शरदराज पाठक

प्रवक्ता, विवेकशील साझा पार्टी

२६ वैशाख २०७८

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);