विश्वासको मतसम्बन्धी सबै प्रक्रिया भोलि नै टुंग्याइने, संक्रमित सांसदहरुलाई पनि मतदानको व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

विश्वासको मतसम्बन्धी सबै प्रक्रिया भोलि नै टुंग्याइने, संक्रमित सांसदहरुलाई पनि मतदानको व्यवस्था

काठमाडौं । संसदको कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनलाई बोलाइएको भोलिको संसद बैठकबाट नै सबै प्रक्रिया एकै दिनमा टुंग्याउने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीको विश्वासको मतदान सम्बन्ध सबै प्रक्रिया एकै दिनमा टुंग्याउने निर्णय गरेको छ । यसका साथै बैठकले कोरोना संक्रमित सांसदहरुलाई मतदान गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभाका २६सांसदहरु कोरोना संक्रमित छन् । संक्रमित सांसदहरुलाई पनि मत हाल्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । संसदका करिब दुई दर्जन सांसद कोरोना संक्रमित छन्। संक्रमित सांसदहरुलाई छुट्टै राखेर मतदान गराउने व्यवस्था गरिने भएको छ ।

प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि विशेष अधिवेशन बस्न लागेको छ । विश्वासको मतसम्बन्धी सम्पूण प्रक्रिया भोलि नै सकाएर अधिवेशनको पनि अन्त्य गरिने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);