२२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने एमालेको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने एमालेको निर्णय

ललितपुर । नेकपा एमाले पार्टीको निर्णय अवज्ञा गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेका एमाले केन्द्रीय कमिटीको १० औं बैठकले माधवकुमार नेपालसहित पार्टीको ह्वीप उल्लंघन गरी देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । बैठकले २२ सांसदलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको हो ।

बैठकपछि सञ्चारकमीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने कार्य गलत भएको भन्दै अग्रगतिको धक्काका रुपमा लिएको बताएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । देउवालाई विश्वासको मत दिनु अनुशासनहिन भएको भन्दै पार्टिले स्पष्टिकराण् माग गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यसका साथै प्रवक्ता ज्ञवालीले भीम रावलले राजीनामा दिनु पनि गलत भएको बताए ।

आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका माधवकुमार नेपाल सहित २२ सांसदहरुले फ्लोर क्रस गर्दै देउवालाई मत दिएका थिए । जसमा ओली पक्ष कै ८ सांसदहरु समेत रहेका छन् ।

बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);