एमाले बैठकको निष्कर्ष : देउवालाई विश्वासको मत दिने सांसद्हरु पार्टीमा रहँदैनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमाले बैठकको निष्कर्ष : देउवालाई विश्वासको मत दिने सांसद्हरु पार्टीमा रहँदैनन्

काठमाडौं । एमालेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

यसअघि शुक्रबार बसेको स्थायी कमिटिीको बैठकले नै विश्वासको मत नदिने निर्णय गरेको भएपनि आज बसेको बैठकले सो निर्णयलाई थप जोड दिएको छ । तुलसीलाल स्मृति भवनमा आजको बसको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आइतबार बिहान नेता माधवकुमार नेपालसँग भएको भेटमा नेपालले आफू एक्लै ले भएपनि विश्वासको मत दिने बताएको जानकारी दिए । कार्यदलका नेपाल पक्षका नेताहरुले नै त्यसो गर्नु उचिन नहुने बताए पनि उनी एक विन्दुमा पुगीसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय नमान्ने बताएको ज्ञवालीले जानकारी दिए ।

पार्टीको निर्णय मान्न सांसदहरुलाई ह्वीप नलाग्ने तर निर्णय उल्लघंन गर्ने सांसदहरु एमालेमा नरहने ज्ञवालीले बताए ।

संसदको पहिलो बैठकमा नै विश्वासको मत लिने प्रस्तावले विभिन्न प्रश्नहरु उब्जाएको ज्ञवालीले बताए । एमालेमा एकता भईहाल्छ की भनेर हतारहतार विश्वासको मत लिन लागेको देखिएको उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);