स्थायी कमिटीको निर्णय : सरकारलाई विश्वासको मत नदिने, एकता कार्यादल भंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्थायी कमिटीको निर्णय : सरकारलाई विश्वासको मत नदिने, एकता कार्यादल भंग

काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ।

बुधबार बसेको स्थायी कमिटीको बैठले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको भन्दै विश्वासको मत नदिने निर्णय गरेको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने जानकारी दिएका छन् । उनले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने जानकारी दिएका हुन् ।

त्यस्तै आजको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेताहरुले बैठक रोक्न आग्रह गरेका थिए । तर एमाले अध्यक्ष केपी ओलीले बैठकको कार्यासूचि अघि बढेको भन्दै बैठक नरोक्ने प्रतिक्रिया दिएपछि एमाले एकताको कार्यादल भंग भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);