मिसन पुरा गराउनका लागि सरकारलाई विश्वासको मत आवस्यक छ -मिन विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

मिसन पुरा गराउनका लागि सरकारलाई विश्वासको मत आवस्यक छ -मिन विश्वकर्मा

मिन बहादुर विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले संसदको पूर्ण आयु कार्यान्वयन गराउनु आफुहरुको मिसन भएको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजिक एक अन्र्तक्रियामा बोल्दै नेता विश्वकर्माले संसदको पूर्ण आयु कार्यान्वयन गराउने आफुहरुको मिसन भएकाले मिसन पुरा गराउनका लागि सरकारलाई विश्वासको मत दिनुपर्ने बताएका हुन् ।

उनले नेकपा(एमाले)को निर्णयबाट गठबन्धन नबनेको टिप्पणी गर्दै माधव नेपालको राजनतिक निर्णयका कारण गठबन्धन बन्न सफल भएको बताए । उनले माधव नेपाल पक्षधरले सरकारलाई विश्वासको मत दिने दाबी पनि गरेका छन् ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले सरकारले विश्वासको मत प्राप्त गर्ने बताएका छन् । उनले आजसम्म माधव नेपालले गरेको कुरा इमान्दारीपूर्वक कार्यान्वयन भएको भन्दै गठबन्धन सरकारले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे । मधेसको मुद्दामा गठबन्धन गम्भिर रहेको भन्दै संविधान संशोधनको विषयमा गठबन्धन सकारात्मक रहेको उनले जिकिर गरेका छन् ।

यता नेकपा(एमाले)का नेता शेरबहादुर तामाङले एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गर्ने र कसैले विश्वासको मत दिए उनीहरु एमाले हुन नसक्ने बताएका छन् ।

जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षिय नेता लक्ष्मणलाल कर्णले विपक्षी मजबुद भएको कारणले वर्तमान सरकारले मनोमानी गर्न नसक्ने बताएका छन् । जसपाले सरकारलाई विश्वासको मत दिने नदिने भन्ने संसदीय दलको बैठकले निर्णय गर्ने उनको तर्क रहेको छ । नेता कर्णले मधेश आन्दोलनको दायित्व पुरा गर्नका लागि विगतमा आफुहरुले ओली सरकारलाई समर्थन गरको समेत स्पष्ट पारेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);