प्रचण्डलाई टाढा नराख्ने देउवा र माधव नेपालको रणनीति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रचण्डलाई टाढा नराख्ने देउवा र माधव नेपालको रणनीति

काठमाडौं, २६ पौष । नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहेका छन् प्रचण्ड । उनी तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको अध्यक्ष भएपनि पहिलो ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा शक्तिशाली छन् ।

पहिलो र दोस्रो दल मिल्ने अवस्था नहुँदा तेस्रो ठूलो दलका नेता प्रचण्डले प्रधानमन्त्रीमा बाजी मारे । उनले काँग्रेससँगको गठबन्धन पनि तोडेका छन् । तर, अहिले उनीसँग सम्बन्ध नै बिगार्ने पक्षमा छैनन् देउवा । उनी प्रचण्डलाई प्रधानमन्त्रीमा व्रिश्वासको मत दिने पक्षमा छन् । भविष्यमा प्रचण्डसँग गठबन्धन गर्ने ठाउँ बाँकी नै राख्ने देउवाको मनशाय देखिन्छ ।

कुनैबेला पानीबाराबार गरेका ओलीले पनि प्रचण्डसँग सम्बन्ध बनाइसकेका छन् । यतिमात्र होइन गठबन्धन तोडिएपनि माधव नेपाल प्रचण्डसँग दूरी टाढा राख्न चाहँदैनन् । नेपाल नेतृत्वको दल नेकपा एसले प्रचण्डलाई विश्वासको मत दिने भइसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रचण्डका कटु आलोचक थिए । अहिले उनी प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री छन् । राप्रपाले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय लिइसकेको छ । सीके राउत देखि रेशम चौधरीको दल पनि प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छ ।

जसपा र लोसपा दुवै प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । यसरी प्रचण्ड तेस्रो ठूलो दल भइकन प्रचण्ड बहुमत पाउने अवस्थामा पुुगेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);