प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्रीमा सघाउने भएपछि राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई सघाउन माओवादी तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्रीमा सघाउने भएपछि राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई सघाउन माओवादी तयार

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमति भएको छ । दुवै नेताले साझा उम्मेदवारमा सहमति गरेसँगै सत्ता गठबन्धन फुट्ने निश्चितप्रायः भएको छ ।

आइतबार साँझ प्रचण्डले नेपाली काँग्रेसका नेताहरुसँग भेटी राष्ट्रपतिमा समझदारी गरेका थिए । विश्वस्त स्रोतका अनुसार प्रचण्ड राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई साथ दिन तयार भएका छन् । त्यसवापत् प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन काँग्रेस तयार भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

आइतबारको भेटमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए । उनीहरु प्रचण्डसँग भेटेर निस्किएका थिए । भेटमा प्रचण्ड नेतृत्वको सरकारलाई पाँच वर्ष पूरा कार्यकाल सघाउने सहमति बनेपछि राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई सघाउनेमा सहमति निस्किएको हो ।

यसअघि प्रचण्डसँग काँग्रेस नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्काले एक्ला एक्लै भेटेर सहमतिको खाका निकालेका थिए ।

प्रचण्डले देउवासँग भित्री सहमति गरेलगत्तै सत्ता गठबन्धन टुट्ने निश्चित भएको छ । १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने समय नजिकिदै गर्दा नाटकीय घटना विकास भई सत्ता गठबन्धन फुट्ने अवस्थामा पुगेको हो । अब माओवादीले आज पार्टी बैठक बसी आधिकारिक निर्णय गर्ने भएको छ ।

यसअघि नै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका थिए । तर, ओलीले आफ्नो दलको उम्मेदवार नै हुनुपर्ने अडान राखेका थिए । यसले दुई नेताबीच टकराव बढ्दै गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);