लुम्बिनीमा नवनियुक्त मन्त्री अहिरले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनीमा नवनियुक्त मन्त्री अहिरले लिए शपथ

काठमाडौं, ८ फागुन । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट मन्त्रीमा नियुक्त भएका भण्डारीलाल अहिरले शपथ लिएका छन् ।

अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

यस अघि नै नियुक्त भएका नेकपा एमालेका एक मन्त्रीलाई बिना विभागीय बनाएर जसपालाई सरकारमा सहभागी गराइएको हो ।

मुख्यमन्त्री लिला गिरीले एमालेका कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);