राष्ट्रपतिमा प्रचण्डको साथ रामचन्द्र कि माधवलाई ! | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रपतिमा प्रचण्डको साथ रामचन्द्र कि माधवलाई !

काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र)को राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । सोमबार बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार दिएको हो । साथै माओवादीको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिएको हो ।

राष्ट्रपति चयनका लागि निर्णायक शक्ति बनेको माओवादीले जसलाई सहयोग गर्छ उही राष्ट्रपति बन्ने प्रबल सम्भावना छ । प्रचण्डले सोमबार मात्रै सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि राष्ट्रपतिबारे छलफल गरेका छन् । त्यसो त केही दिन अघि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि कुरा भएको थियो ।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दाहाललाई आफूहरुको राष्ट्रपतिलाई सघाउन आग्रह गरेको थियो । जवाफमा प्रचण्डले पार्टीभित्र छलफल गर्ने बताएका थिए । सोही बमोजिम सोमबार माओवादीको पदाधिकारी बैठक बसेको हो ।

गत पुस १० गते प्रचण्डले राष्ट्रपति एमालेलाई दिने गरी आफू प्रधानमन्त्री भएका थिए । एमाले र माओवादीबीच सभामुखमा आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेबाट देवप्रसाद घिमिरे सभामुख भइसकेका छन् ।

सोमबार प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले छट्टुै भेट गरेका छन् । उनीहरुको भेटलाई अर्थपुर्ण रहेको बुुझिएको छ । पछिल्लो समया नेपालले राष्ट्रपति बन्ने इच्छा देखाएको स्रोतले जनाएको छ । केही समय अघि प्रचण्डले नेपाललाई राष्ट्रपति बनिदिनुुस भनेका थिए, तर त्यतिबेला उनी राष्ट्रपति बन्न तयार भएनन् । प्रचण्ड अन्तै ढल्केपछि भने अहिले माधव नेपाल तयार भएको बुझिएको छ ।

कांग्रसले भने आफ्नो उम्मेदवारलाई माओवादीले समर्थन गर्ने र आफूहरुको प्रस्तावमा प्रचण्डले सहमति जनाएको समेत दाबी गर्छन् । कांग्रेसका नेताहरुको अनुसार पार्टीले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार अघि सार्दैछ । एमालेले गठबन्धन गर्नु अघिका सहमति अनुसार आफुले राष्ट्रपति पाउने पर्ने अडान लिइरहेको छ भने माओवादीले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्न खोजिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);