राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिने माओवादी पदाधिकारी बैठकको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिने माओवादी पदाधिकारी बैठकको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

सोमवार पार्टी केन्दिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनु भयो । उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भयो । हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ । राष्ट्रिय सहमति खोज्ने कुरा नै हाम्रो नीति हुनुपर्छ भन्ने कुरा भयो । प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय भयो ।’

उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);